कारोबार


फाउन्डेसन फर द फ्युचरको आयोजनामा एआईबारे राष्ट्रिय संवाद

फाउन्डेसन फर द फ्युचरको आयोजनामा एआईबारे राष्ट्रिय संवाद

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १७:५९, काठमाडौँ

फाउन्डेसन फर द फ्युचर (एफएफटीएफ)ले एआईबारे नेपालको भविष्यका लागि अत्यन्त आवश्यक राष्ट्रिय संवाद सुरु गरेको छ। 

पहिलोपटक आयोजित एआई लिटरेसी प्यानल सिरिजले प्राविधिक, शैक्षिक र नीतिगत क्षेत्रमा काम गर्दै आएका व्यक्तित्वहरुसँग नेपाली विद्यार्थी एआई सञ्चालित भविष्यका लागि कति तयार छन् भन्नेबारे विमर्श गरेको हो। 

कार्यक्रमलाई डिजिटल एन्ड बियोन्डका सहसंस्थापक सगुन ढुंगाना, डिजनेप ग्रुप प्रालिका सीईओ भाष्कर भट्ट, स्वस्तिश्री गुरुकुल आईबी कन्टिनम स्कुलकी प्रधानाध्यापिका नेहा केसी र राष्ट्रिय माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले यसबारे छलफल गरेका थिए।

सो क्रममा ढुंगानाले मोबाइल वा ल्यापटप हुनु नै एआई बुझ्नु नभएको भन्दै सतही प्रयोगभन्दा गहिरो सिकाइको आवश्यकता औँल्याएका थिए। त्यसैगरी सीईओ भट्टले विद्यार्थीहरुको डेटा गोपनीयता र साइबर सुरक्षा जोखिम बढ्दै गएको उल्लेख गरे। 

प्रधानाध्यापिका केसीले विद्यार्थीहरुको प्राकृतिक जिज्ञासालाई महत्त्वपूर्ण आधार बताउँदै जिज्ञासा नै उनीहरुको शक्ति भएको उल्लेख गरिन्। तर त्यो नैतिकता, समालोचात्मक सोच र जिम्मेवार प्रयोगतर्फ मोडिनुपर्ने उनको भनाइ थियो। 

प्रधानाध्यापक न्यौपानेले भौतिक संरचना, आईसीटी प्रशिक्षित शिक्षकको कमी र इन्टरनेट÷बिजुली अस्थिरताले डिजिटल सिकाइमा गम्भीर अवरोध गरेको बताए। 

संवादको दोस्रो चरणमा एआई कसरी भाषा सिकाइ, अनुसन्धान क्षमता, सृजनशीलता र आत्मविश्वास विकासमा सहयोगी उपकरण बन्नेबारे बहस भएको थियो। 

कार्यक्रममा एआई साक्षरता, सृजनशीलता, पाठ्यक्रम र जिम्मेवार प्रयोग, राष्ट्रिय नीति, संरचना र दीर्घकालीन दृष्टि, भाषिक समावेशिता र समालोचनात्मक क्षमतालगायतमा छलफल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad