ad ad

कारोबार


वनस्पति घ्यू तेल उत्पादक संघद्वारा कोरोना कोषमा २१ लाख सहयाेग

वनस्पति घ्यू तेल उत्पादक संघद्वारा कोरोना कोषमा २१ लाख सहयाेग

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १२:११,

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई साे रकम हस्तान्तरण गरे।

कार्यक्रममा मन्त्रालयका सचिवद्वय चन्द्र कुमार घिमिरे र डा. वैकुण्ठ अर्याल तथा संघका निवर्तमान अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीयालगायतको उपस्थिति थियो।

कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउनबाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा ठप्प छ। यसले सम्पुर्ण औधोगिक क्षेत्रमा समस्या परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .