ad ad

कारोबार


डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १२:१९,

डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षा कार्यक्रम सुरु गरेको छ।

डिशहोम र डियरवाक लर्निङ सेन्टर को सहकार्यमा यही वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ। डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं.११६ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ।

यसका साथै विगत ६ महिनाभन्दा बढी समयदेखि विभिन्न कारणबस डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुकालागि डिशहोमले वैशाख २१ गतेदेखि लागु हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ। यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसँगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्ये सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट) को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .