कारोबार


सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन : अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन : अध्यक्ष ढकाल

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १२:२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन तबसम्म नेपालको अर्थतन्त्र अगाडी लैजान सकिँदैन। यो प्रमाणित पनि भइसकेको छ।’ 

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नु पर्ने आवश्यकता रहेको उनले बताए। अर्थतन्त्रका एजेन्डाहरूमा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए। उनले कलेक्टिभ एप्रोच नभएकोमा गुनासो गरे। यस्तो गर्न नसकेमा हामीले खोजेको वास्तविक रिजल्ट प्राप्त गर्न नसकिने उनले बताए।

नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनले बताए।

‘आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ। नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौँ’, उनले भने। 

त्यस्तै, जेनजी आन्दोलनले माग गरेजस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनले बताए। आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेको विषयहरू परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको छ।   

साथै उनले सीईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहनाअनुसार काम हुने गरेको उनले गुनासो गरे। अध्यक्ष ढकालले भने, ‘सीईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ। तर यदि सिईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन। यस्तो किसिमको गतिविधि सबैतिर रहेको छ।’

एफएनसीसीआईले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि देश तथा विदेशमा विभिन्न क्रियाकलापहरू गरेको समेत उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad