राजनीति


रुकुम पश्चिममा सम्पत्ति बाँडफाँड गरेको नेकपाले किन देखायो जनार्दन शर्मालाई कालो झण्डा?

रुकुम पश्चिममा सम्पत्ति बाँडफाँड गरेको नेकपाले किन देखायो जनार्दन शर्मालाई कालो झण्डा?

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०८२ आइतबार १२:१९, काठमाडौँ

एक साताअघि मात्रै रुकुमपश्चिममा जनार्दन शर्मासँग सम्पत्ती बाँडफाँडमा सहमती गरेको नेपाली कम्युनिस्ट पार्टी (पूर्व माओवादी केन्द्र)का कार्यकर्ताले आज उनै शर्मालाई गृह जिल्लामा कालो झण्डा देखाएका छन्। 

माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका वाम दलसँग एकता गर्ने भएपछि सो पार्टीबाट अलग भएका शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अभियानमा सक्रिय छन्। 

आइतबार बिहान रुकुमपश्चिम पुगेका शर्मालाई आफ्नै पार्टीका पुराना कार्यकर्ता (हाल नेपाली कम्युनिस्ट पार्टी) का कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका हुन्। 

यही मंसिर १५ गते मात्रै नेकपा र शर्मा नेतृत्वको प्रलोपाबीच रुकुम पश्चिममा सम्पत्ति बाँडफाडको लिखित सम्झौता भएको थियो। 

पूर्व माओवादी केन्द्रले प्रयोग गर्दै आएको दुईवटा भवन बाँडफाँड गर्दै एकएकवटा प्रयोग गर्ने सहमति उनीहरुले गरेका थिए। 

जुन सहमति पत्रमा नेकपाका जिल्ला संयोजक गोविन्द रोका र प्रलोपाका संयोजक गोर्खबादुर केसीले हस्ताक्षर गरेका छन्। 

मुसिकोट ५ सेरिगाउँस्थित सहिद स्मृति प्रतिष्ठान र ईस्कन्द नर्मदा फाउन्डेसन परिसर भित्र रहेका भवनहरु नेकपाले प्रयोग गर्ने र मुसिकोट १ खलंगास्थित ईस्कन्द नर्मदा स्मृति फाउन्डेसनको नाममा रहेको भवन प्रगतिशीले पार्टीले प्रयोग गर्ने सहमति पत्रमा उल्लेख छ। 

तर पूर्वमाओवादी नेता शर्मा आज आफ्नो दलको कार्यक्रम लिएर रुकुमपश्चिम जाँदा पूर्व माओवादी केन्द्रका कार्यकर्ताले नै असहिष्णु व्यवहार अलोकतान्त्रिक संस्कार देखाएका हुन्। 

नेकपाका नेता रोकाले भने शर्मालाई शहीद, घाइते परिवारका सदस्यले कालोझण्डा देखाएको र यो लोकतान्त्रिक राजनीतिक संस्कार नै भएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad