कारोबार


अमेरिकी डलरको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य पनि उच्चदरमा वृद्धि
अमेरिकी डलरको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार ५:१७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। हिजो हालसम्मकै सबै भन्दा उच्च बनेको अमेरिकी डलरको मूल्य आज भन् महँगो भएको हो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य पनि उच्च दरमा बढेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad