कारोबार


अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश

अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १७:३१, काठमाडौँ

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध दायर गरेको रिट दर्ता गर्न आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोख्रेलको संयुक्त इजलासले आइतबार ओझाले दायर गरेको अवहेलना मुद्दा दर्ता गर्ने आदेश दिएको हो। 

यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। ओझालाई प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसको विरुद्धमा उनी सर्वोच्च गएका थिए। त्योसँगै सर्वोच्चले ओझाको पक्षमा अन्तरिम आदेश दिएको थियो।

आदेशपछि प्राधिकरण फर्किएका ओझाले सरकारले हाजिर गर्नै नदिएपछि अर्थमन्त्री खनालले सर्वोच्चको आदेश पालना नगरेको भन्दै अवहेलना मुद्दा लिएर पुनः सर्वोच्च गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad