नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिस्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताएका छन्।
आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाली कम्युनिस्ट पार्टीले गरेको एकता सभा नेताहरूको आत्मालोचना भएको समेत जिकिर गरे।
विगतमा भएका कमजोरीहरूप्रति आफूहरूले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाए।
यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी संयोजक दाहालको छ। अब देशमा देखिएका समस्याहरू समाधान गर्नेमा केन्द्रित हुने उनले बताए।
उनले भने, ‘आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरुको नेपाली कम्युनिष्ट पार्टीमा एकतावद्ध हुन आएका सबै नेताहरुको आत्मालोचना सभा पनि हो। तपाईंहरुको अगाडि विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरुप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरुका अगाडि संकल्प गर्न आएका हौँ। यो संकल्प सभा पनि हो। एकता गर्ने कोशिस त विगतमा पनि गरेका हौँ। यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ केन्द्रित भएको नेपालको इतिहासमै पहिलो घटना हो। यो आत्मसमीक्षाको परिणाम हो। रुपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो। देशमा देखिएका समस्याको समाधान गर्न फेरि एक पटक प्रतिवद्धता व्यक्त गर्दछौँ।’
संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताए।
Shares

प्रतिक्रिया