खेल


दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेता

दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेता

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १६:२६, काठमाडौँ

पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ। आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्‍यो। 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो। जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो। 

भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए। 

फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन् भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन्।

यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ। बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ। बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ। ु

क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन्। तर चार जना पूर्ण रुपमा दृष्टिविहीन हुनुपर्ने नियम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad