समाज


कोरोनाका कारण अमेरिकामा १५ नेपालीको मृत्यु

कोरोनाका कारण अमेरिकामा १५ नेपालीको मृत्यु

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ९:१८,

कोरोना भाइरसकारण अमेरिकामा १५ नेपालीकाे मृत्यु भएकाे छ। 

पछिल्लोपटक कोरोना संक्रमणबाट अमेरिकाको भर्जिनिया राज्यमा बस्ने गरेका महेश पन्थीको मृत्यु भएको हो।

मेरिल्यान्ड राज्यका विधायक ह्यारी भण्डारीका अनुसार कोरोनाबाट यसअघि न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामै १ नेपालीको मृत्यु भइसकेको छ।

मृत्यु भएका १५ नेपालीलाई नै कोरोना संक्रमण भएको थियो भन्ने आधिकारिक पुष्टि गर्न नसकिए पनि कोरोनाकै त्रासले यीमध्ये केही नेपालीको हृदयाघातले पनि मृत्यु भएको पाइएकाे भण्डारीको भनाइ छ।

रासससँग भण्डारीले भनेका छन्, ‘अरू रोग लागेका व्यक्तिमा कोरोनाले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ।’

यसैबीच १ महिनाअघि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मंलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए।

अमेरिकामा मृत्यु भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्न परिवारसँगको समन्वयमा शवदाह गृहसम्म पुर्‍याउन भण्डारीले महत्वपूर्ण सहयोग गरिरहेका छन्।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, यूएई, टर्की, आयरल्यान्ड, नेदरल्यान्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म संकलन गरेको तथ्यांकअनुसार २५ देशमा गरी २ हजार ३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ४३४ जना निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad