बिहीबारको सेयर कारोबारमा ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार धौलागिरि लघुवित्त, बन्दीपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको सेयरमा सकारात्मक सर्किट लागेको हो।
यी कम्पनीका सेयरधनीले आज प्रतिकित्ता क्रमशः १३२.६०, ५५.५०, ४१.४० र ७५.२० रुपैयाँ आम्दानी गरे। यसबाहेक सिन्धु विकास बैंकका लगानीकर्ताले पनि ६७ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
तर बुंगल हाइड्रोको सेयर भने ९.०५ प्रतिशतले घटेपछि लगानीकर्ताले ५८.६० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
आज सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ। कम्पनीको ४१ करोडको किनबेच हुँदा अन्य सेयरहरु खासै कारोबार हुन नसकेको देखिएको छ।
बिहीबार बजार परिसूचक नेप्से ०.९३ अंकले मात्र गिरावट आएको हो। यस दिन १ करोड कित्ता सेयर बिक्रीपछि ४ अर्ब ६८ करोडको कुल खरिदबिक्री भएको छ। नेप्सेका अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, सामूहिक लगानी र निर्जीवन बीमा घट्दा बाँकी उपसूचक बढेका छन्।
यस दिन ११२ वटा सेयरको मूल्य बढेको छ भने १३८ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
Shares

प्रतिक्रिया