कारोबार


जगदम्बा स्टिलले तिर्‍यो किस्ताबापतको ५ करोड ७२ लाख

जगदम्बा स्टिलले तिर्‍यो किस्ताबापतको ५ करोड ७२ लाख

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १८:२८, काठमाडौँ

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको जगदम्बा स्टिलले बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ।  
  
बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार बुझाएको हो। 

पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा काटिएको विद्युत लाइन पनि जडान गरिएको छ।  

जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो। जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ। जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो। 

बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad