नेपाल वायुसेवा निगमको नाइनएन–एबीटी (ट्विन अटर) जहाज व्यावसायिक उडानमा फर्किएको छ।
निगमका अनुसार मर्मतका लागि ग्राउन्डेड जहाज सो कार्य सकेसँगै रिलिज गरिएको हो।
यो निगमको ट्विन अटर डीएचसी–६ जहाज हो। गत सेप्टेम्बरदेखि इन्जिन मर्मत तथा वार्षिकी जाँचका लागि ग्राउन्डेड गरिएको थियो।
आवश्यक मर्मत सकेसँगै यही कात्तिक २४ मा परीक्षण उडान समेत सफलतापूर्वक सम्पन्न भएको निगमले जनाएको छ।
टेस्ट फ्लाइट सफल भएसँगै २५ गतेदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरु गरिएको निगमले जनाएको छ।
237
Shares

प्रतिक्रिया