कारोबार


अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो,  अस्ट्रेलियन डलर थप सस्तियो

अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो,  अस्ट्रेलियन डलर थप सस्तियो

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ५:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। 

युरो, अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य हिजो पनि घटेको थियो। ती मुद्राको मूल्य आज थप घटेको हो। 

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा थियो।

यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८७ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad