हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबी परेको कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले बताए।
उक्त दाबी रकम करिब १९ अर्ब ४ करोड ९ लाखमध्ये करिब २ अर्ब ९२ करोड ८६ लाख र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४७ करोड ७ लाखमध्ये करिब ६८ करोड ६१ लाख भुक्तानी भएको हो।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५४ करोड ७५ लाख दाबी रकममध्ये करिब ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६८ लाख दाबी रकममध्ये करिब ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिव रू. ३९ करोड ३० लाख दाबी रकममध्ये करिब २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
त्यस्तै जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ।
Shares

प्रतिक्रिया