कारोबार


सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री’

सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री’

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ११:४८, काठमाडौँ

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन्। 

सीईओ निश्चलराज पाण्डे बाहिरिने भएपछि डेपुटी रहेका आचार्यलाई नै सीईओ बनाइएको हो।

पाण्डेको कार्यकाल माघ ११ गते सकिँदै छ। त्यस बेलासम्म पाण्डे नै सीईओको रुपमा रहनेछन् भने त्यसपछि आचार्यलाई सीईओ जिम्मेवारी हस्तान्तरण गरिने बैंकले जनाएको छ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो।

उनले माघ १२ गतेबाट सीईओको कार्यकाल सुरु गर्नेछन्।

ललितपुरका आचार्यले २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रही बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन्।

यसअघि पनि बैंकको दशवटा विभागमा वहाँले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए।

उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको बैंकले जनाएको छ। साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन्। यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव छ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआईटी जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए। शैक्षिक उपलब्धिमध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad