डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा नयाँ नामी भिगो सार्वजनिक गरेको छ।
भव्य समारोहका बीच स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरिएको हो।
अनावरण कार्यक्रम जीवन पराजुली, अध्यक्ष, एफएनसीसीआई - इटहरी, दीपेन्द्र चौधरी, प्रबन्धनिर्देक, सिर्जना मोटर्स, सरोज श्रेष्ठ, अध्यक्ष, पूर्वेली यातायात, प्रन्न पन्त, प्रमुख कार्यकारी अधिकृत, एम. ए. डब्ल्यू वृद्धि मोटर्स, राजेन्द्र सिग्देल, सेल्स प्रमुख, एम. ए. डब्ल्यू वृद्धि मोटर्स, एम. ए. डब्ल्यू वृद्धिका डिलर प्रमुख श्री गोविन्द भुसालले संयुक्त रूपमा सम्पन्न गरे। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
इलेक्ट्रिक एसयुभीको नयाँ मानक
डोंगफेंगको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याटएको छ।
यसका म्याजिक क्युब डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।
प्रदर्शन र दायरा
यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: ४४.९४ केडब्लुएच (डब्लुएलटीपी रेन्ज ३०० किमि) र ५१.८७ केडब्लुएच (डब्लुएलटीपी रेन्ज ३५० किमि)।
यसले थ्रिसी अल्ट्रा फास्ट डीसी चार्जिङ (१६७ केडब्लु) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।
सेग्मेन्ट-फर्स्ट फिचरहरू
• हेभन एन्ड अर्थ टेलगेट – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
• बाहिरी मनोरञ्जनका लागि एक्स्टेरियर म्युजिक स्पिकर
• संगीतको ताल र मुडसँगै चल्ने म्युजिक सिन्क एम्बियन्ट लाइटिङ
• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू
• थ्रिसी फास्ट चार्जिंग सिस्टम - झन्झटरहित फास्ट चार्जिङ
श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा
नामी भिगोमा लेभल २ अड्यास, ३६०° क्यामेरा, अड्याप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।
भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।
सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ.
मूल्य र उपलब्धता
नामी भिगो ई२ को मूल्य ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने ई२+ भेरियन्ट रु. ४१ लाख ९९ हजारमा उपलब्ध छ। विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो ई२ रु. ३७,९९,००० मा र ई२+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ।
एमएडब्लू वृद्धि मोटर्सका सीइओ प्रन्न पन्त भन्छन्, “नामी 01 का एक हजार भन्दा बढी सन्तुष्ट मालिकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ, पावर, लक्जरी र बुद्धिमत्ता, आधुनिक नेपाली जीवनशैलीका लागि।”
इटहरी क्षेत्रका लागि श्रीजना मोटर्स अधिकृत नामी डिलर हुनेछ।
“बोल्ड एण्ड बिल्ट फर यू एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।
Shares

प्रतिक्रिया