कारोबार


व्यवसायीलाई गभर्नरले भने– उच्च मनोबल बनाएर काम गर्नुहोस्, सरकार साथमै छ

व्यवसायीलाई गभर्नरले भने– उच्च मनोबल बनाएर काम गर्नुहोस्, सरकार साथमै छ

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १५:५३, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी र व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले ‘जेन-जी आन्दोलन’ पछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिनुपर्ने सुझाव दिएका हुन्।

‘नयाँ बिजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस्। एउटा दुर्घटनाजस्तो भयो, तर तत्काल वैधानिक सरकार छ,’ पौडेलले भने, ‘हामी सबै तपाईहरूसँग कम्युनिकेशनमा छौं। यो अवसरलाई पोजिटिभली लिएर अगाडि बढ्नुस्।’

उनले थपे, ‘इकोनोमीमा मनोबलको ठूलो भूमिका हुन्छ। त्यो मनोबलले हामीसँग पैसा पनि छ, गभर्नेन्स पनि छ। अब फेरि निर्वाचित सरकार आउँछ। भारत र चीन दुवै देशले आर्थिक वृद्धिमा सफलता हासिल गरेका छन्, हामी किन पछाडि पर्नुपर्‍यो? हामी नेपालीहरू सारा विश्वभर छौं- त्यो भावना लिएर काम गर्न सके अर्थतन्त्र माथि जान्छ।’

गभर्नर पौडेलले अहिले वैधानिक सरकार रहेको र निकट भविष्यमा जननिर्वाचित सरकार बन्ने भएकाले निजी क्षेत्रले निराश नहुनुपर्ने बताउँदै, नयाँ सोच र योजनासहित अघि बढे उद्योग-व्यवसायमा सुधार सम्भव रहेको टिप्पणी गरे।

उनले मुलुकको अर्थतन्त्र अघि बढ्न कालोसूची प्रमुख बाधक बनेको उल्लेख गर्दै, त्यस समस्या समाधानमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने पनि औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad