कारोबार


बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै (तस्बिरहरू)

बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै (तस्बिरहरू)

बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै।


नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ८:३९, काठमाडौँ

बेमौसमी वर्षाका कारण सडकमा लेदो र ढुंगा थुप्रिँदा बिहीबारदेखि राति बन्द बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। 

काभ्रे प्रहरीले आज (आइतबार) बिहान दिएको जानकारीअनुसार बीपी राजमार्ग खुलाउन चारसयबेँसीमा धमाधम डाइभर्सन निर्माण भइरहेको छ। 

डाइभर्सन बनेपछि मात्रै राजमार्ग खुलाइने प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन विष्टका अनुसार बीपी राजमार्गअन्तर्गत चारसयबेँसीसहित चौकीडाँडा, नार्के, डालाबेँसीलगायत स्थानमा पहिरो र लेदो छन्।

डाइभर्सन निर्माणका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad