कारोबार


खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

फाइल फोटो


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १५:३२, अत्तरिया (कैलाली)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ। कम्पनीले आजबाट जिल्लाका छ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो।

जिल्लाको मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुरबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए। उनका अनुसार जिल्लामा मोटा धान खरिद गरिने र यस वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ पैसा निर्धारण गरेको छ।

उनले भने, ‘यस वर्ष कम्पनीको जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल रहेको छ, कोटा बढ्न सक्ने देखिन्छ, प्रतिकिसानबाट बढीमा ५० क्विन्टलका दरले धान खरिद गर्ने योजना छ।’

कार्यालय प्रमुख थापाले धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस, चेकको प्रतिलिपि ल्याउनुपर्ने बताए।

खाद्यले धान खरिद सुरु गरेसँगै किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्य पाउने भएका छन्। यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए। गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०० क्विन्टलमात्र खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad