नेपाल राष्ट्र बैंकले १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ।
निक्षेप संकलन बोलकबोलबाट उक्त रकम तान्न लागिएको हो।
केन्द्रीय बैंकका अनुसार अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ। यसको ब्याजदर समेत बोलकबोलकै माध्यमबाट हुनेछ।
उक्त रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी वैशाख ९ गते हुनेछ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।

24
Shares

प्रतिक्रिया