ग्लोबल टेक जायन्ट जेडटीईले नुबिया नियो ३ जीटी फाइभजी नेपालमा सार्वजनिक गरेको छ।
विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ।
नयाँ जेडटीई नुबिया नियो ३ जीटी फाइभजीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जीबी र्याम र २५६ जीबी स्टोरेज सहितको यस गेमिङ पावरहाउसको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ।
हाल जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। यो संगै प्रयोगकर्ताहरूले अब जेडटीई नुबिया नियो ३ जीटी फाइभजी १४ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।
गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने यस गेमिंग स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ। जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ। ४०८३ एमएम² भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ, र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्छ।
२.७ गिगाहर्जको शक्तिशाली युनिसक टी९१०० प्रोसेसर, ६००० एमएएच ब्याट्री र ८० वाट फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
Shares

प्रतिक्रिया