सेयरबजार १६.६७ अंकले बढेर पुनः २५०३.८५ विन्दुमा फर्किएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार दशैँयता निरन्तर ओरालो लागिरहेको बजार तिहार विदा सुरु हुनुअघि हरियो भएको हो।
आइतबार बजारमा २ अर्ब ७९ करोडको कारोबार भएको छ। करिब ६२ लाख कित्ता बिक्रीपछि उक्त कारोबार भएको हो।
यस दिन आत्मनिर्भर लघुवित्त १० प्रतिशतले, हिमालयन पावर पार्टनर ९.८९ प्रतिशतले, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.८८ प्रतिशतले, एसियन हाइड्रोपावर ७.८० प्रतिशतले र अभियान लघुवित्त ५.०१ प्रतिशतले बढेको छ।
आइतबार हिमालयन ८०–२० का लगानीकर्ताले ६.१० प्रतिशत गुमाए पनि बाँकी लगानीकर्ताले अधिकतम ३.९४ प्रतिशतसम्म मात्र गुमाएका छन्।
कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि छ। कम्पनीको २८ करोडको किनबेच हुँदा लगानीकर्ताले हिमालयन डिस्टिलरीको २५ करोडको कारोबार गरेका छन्।
आइतबार १६३ वटा सेयरको मूल्य बढ्दा ७८ वटाको घटेको र ८ वटाको मूल्य यथावत् रहेको नेप्सेले जनाएको छ।
Shares

प्रतिक्रिया