नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि आफूलाई पार्टी नेतृत्वमै देख्न चाहानेहरू धेरै भएको बताएका छन्।
आइतबार कोटेश्वरमा आयोजित सम्पादकहरुसँगको संवादमा ओलीले शारीरिकरुपमा पनि आफू नेतृत्व गर्न सक्षम रहेको उल्लेख गरे।
‘मैले नखेल्ने हो भने अर्काे क्याप्टेन निस्कन्छ,’ ओलीले भने, ‘अहिले केपी ओली नै क्याप्टेनका हेर्न खोजेका छन्।’
उनले भने, ‘मसँग काम गर्ने क्षमता छ, म शारिरीक रुपमा राम्रो छु। अमेरिकाको, बंगलादेशका ८५/७५ पूरा गरेर ७६ वर्षका भारतमा हुनुहुन्छ। म त ७३ को मात्र,’ ओलीले थपे।
रुस र चीनमा पनि धेरै उमेर भएका नेता नेतृत्वमा रहेको ओलीको उनको जिकिर छ। ‘रुसमा म भन्दा ७ महिना कान्छाले त्यत्रो देश चलाउनु भएको छ,’ ओलीले भने, ‘चीनको राष्ट्रपति सी चीनफिङ म भन्दा डेढवर्ष कान्छा हो। यो देश र पार्टीको आवश्यकताको कुरा हो।’
Shares

प्रतिक्रिया