कारोबार


साउदी फन्डले नेपालमा जलविद्युत् र सिँचाइमा लगानी गर्ने, व्यापार सौविध्य कार्यक्रमको म्याद थप्न अमेरिकालाई आग्रह

साउदी फन्डले नेपालमा जलविद्युत् र सिँचाइमा लगानी गर्ने, व्यापार सौविध्य कार्यक्रमको म्याद थप्न अमेरिकालाई आग्रह

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८२ बुधबार १४:३४, काठमाडौँ

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार अमेरिकाको वाणिज्य प्रतिनिधिसँग भेटवार्ता गरेका छन्।  

सो क्रममा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनबारे छलफल भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार अर्थमन्त्री खनालले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीटीपी)को म्याद थप गर्न समेत आग्रह गरेका छन्। 

त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवाद भएको थियो।

अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन्। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी जापान सहयोग नियोगका प्रतिनिधिसँग बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको थियो।

त्यसैगरी अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया प्रशान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे। सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदानप्रदान भएको थियो।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad