प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी बाहिरिने भएको छ।
कम्पनीले इन्स्योरेन्सको संस्थापक सेयरमा गरेको लगानी झिकेर बाहिरिन लागेहो।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्स ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
इन्स्योरेन्सले उक्त सेयर पहिलोपटकका लागि संस्थापक सेयरधनीहरु बीचमै खरिदका लागि आह्वान गरेको छ।
इच्छुक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्ने छ । आवेदन इन्स्योरेन्सको केन्द्रीय कार्यलय कमलादी काठमाडौँमा दिनुपर्नेछ ।
पहिलो पटक सेयरधनीहरुमा बिक्रीमा राखेको कम्पनीले बिक्री हुन नसकेको सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि राख्नेछ ।
51
Shares

प्रतिक्रिया