कारोबार


बाढीपहिरो: आज पनि यी ७ सडक पूर्णरूपमा अवरुद्ध

बाढीपहिरो: आज पनि यी ७ सडक पूर्णरूपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०८२ बुधबार ९:५१, काठमाडौँ

वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। 

विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। 

संखुवासभाको भोटखोला र मकालुमा कोसी राजमार्ग,  इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ। 

त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका-१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ। 

त्यसैगरि आज धनकुटाको पाख्रिवास नगरपालिका-५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोसी लोकमार्गमा एकतर्फी गाडी चलेका छन्। 

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका- ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन्। 

सिन्धुलीको मरिण गाउँपालिका- २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ। 

एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ। 

कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad