कारोबार


रामेछाप-काठमाडौँ अब सातामा ३ दिन उडान

रामेछाप-काठमाडौँ अब सातामा ३ दिन उडान

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०८२ बुधबार ५:५१, रामेछाप

रामेछाप-काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन्।

केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौं उडान हुन सकेको थिएन। यही असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो।

मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौंको दूरी करिब २०० किमी छ।

अबदेखि प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad