शुक्रबार र शनिबार अविरल परेको वर्षाका कारण देशभरका सिँचाइ क्षेत्रमा करिब १० करोड बराबरको क्षति भएको छ।
ऊर्जामन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै सिँचाइ क्षेत्रमा मात्रै करिब १० करोडबराबरको क्षति पुगेको बताएका हुन्। योबाहेक बाढी र पहिरोको कारण निजी क्षेत्रले सञ्चालन गरेको दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
मन्त्री घिसिङले ८ मेगावाटको एउटा र १० मेगावाटभन्दा कमको एउटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताए। उनले जलविद्युतमा भएको क्षतिबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
162
Shares

प्रतिक्रिया