कारोबार


खोलिएन नेपाल टेलिकमको बिलिङ प्रणालीको आर्थिक प्रस्ताव

खोलिएन नेपाल टेलिकमको बिलिङ प्रणालीको आर्थिक प्रस्ताव

नेपालखबर
असोज ८, २०८२ बुधबार १८:३४, काठमाडौँ

नेपाल टेलिकमको बिलिङ सिस्टमसम्बन्धी ठेक्काको आर्थिक प्रस्ताव विशेष परिस्थिति भन्दै बुधबार खोलिएन। 

नेपाल टेलिकमले सूचना जारी गर्दै बिलिङ सिस्टमको ठेक्काको आर्थिक प्रस्ताव बुधबार नखोलिने जानकारी गराएको थियो। 

नेपाल टेलिकमले भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन (सीएस) प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालन गर्न आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव अब अर्को मितिमा खोलिनेछ। 

यस ठेक्काको आर्थिक प्रस्ताव बुधबार (आज) खोल्ने कार्यतालिका थियो। हालको विशेष परिस्थितिका कारण आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया रोकेको टेलिकमले जानकारी दिएको छ।

आर्थिक प्रस्ताव खोल्ने नयाँ मिति, समय र स्थान आधिकारिक सूचनामार्फत दिइने टेलिकमले जनाएको छ।

प्राविधिक मूल्यांकनमा चीनको ह्वावे टेक्नोलोजिज मात्र योग्य भएको थियो। 

टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए। 

हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ। प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको भन्दै टेलिकमले नयाँ ठेक्का निकालेको हो।

गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेसँगै यो विषय थप पेचिलो बनेको हो। यो मुद्दामा टेलिकमकै तत्कालीन प्रबन्धनिर्देशक सङ्गीता पहाडी अर्यालसहितका कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad