सेयरबजार आज ५८.६३ अंकले बढेको छ।
नेप्से २.२३ प्रतिशतले बढेर २६८२.२५ विन्दुमा पुगेको हो।
मंगलबार ५ अर्ब २९ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार २३८ वटा सेयरको मूल्य पनि बढेको छ। १४ वटाको मात्र आज मूल्य घटेको छ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत कमाउँदा ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर पनि ९.९९ प्रतिशतले बढेका छन्।
सर्वाधिक कारोबार भने आज नेपाल पुनर्बीमा कम्पनीको भएको छ। कम्पनीको ३८ करोडको कारोबार भएको हो।
24
Shares

प्रतिक्रिया