कारोबार


वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढ्यो, ४७ अर्ब ३१ करोडको निर्यात

वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढ्यो, ४७ अर्ब ३१ करोडको निर्यात

नेपालखबर
असोज ७, २०८२ मंगलबार १६:२३, काठमाडौँ

नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ। 

चालू आर्थिक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो। 

पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो। 

यस अवधिमा आया १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ। 

विभागका अनुसार ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ। त्यसैगरी ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजारको निर्यात भएको छ। 

अघिल्लो वर्ष सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार र निर्यात २५ अर्ब ९ करोड ३१ लाख ३ हजार थियो। 

उक्त वैदेशिक व्यापारमा नेपालको व्यापारघाटा ८.५९ प्रतिशतले बढेको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad