कारोबार


भाटभटेनीको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स इच्छुक

भाटभटेनीको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स इच्छुक

नेपालखबर
असोज ५, २०८२ आइतबार २१:३३, काठमाडौँ

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएको भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

आइतबार क्षतिग्रस्त बालुवाटारस्थित भाटभटेनीको गोदाममा भएको भेटमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी नेपाल) का अध्यक्ष राजेशकाजी श्रेष्ठले भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालमै उत्पादन हुने छड, सिमेन्ट, टायल, रंग–रोगनलगायत निर्माण सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध गराउन व्यवसायीहरुसँग पहल गर्ने आश्वासन दिएका थिए।

श्रेष्ठले यस्तो विपद्‌मा उद्योग–व्यवसायले आ–आफ्नो उत्पादनमार्फत सहयोग गर्नुपर्ने र उदारता देखाउनु पर्ने समय आएको बताए।

‘दुखद समयमा सहयोग गर्ने हाम्रो परम्परा भएकाले सबै व्यवसायीले साथ दिनुपर्छ,’ उनले भने।

त्यस्तै उनले बैंक तथा बीमा कम्पनीलाई पनि भाटभटेनीको पुनर्निर्माणका लागि बिमाको सेटलमेन्ट र आवश्यक वित्तीय प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad