एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
७ वर्षसम्म सीईओ पद सम्हालेका उनलाई २०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो।
तर १ वर्ष कार्यकाल बाँकी छँदै उनले बुधबार राजीनामा दिएको बैंकले जनाएको छ।
उनले असोज १ गते राजीनामा दिएपछि बसेको बैंकको ७३२औँ सञ्चालक समिति बैठकले बिहीबार राजीनामा स्वीकृत गरेको हो।
न्यौपाने बाहिरिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हाललाई डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ।
सञ्चालक समितिको बैठकले बिहीबार नै राठीलाई कामु मुकरर गरेको बैंकका कम्पनी सचिव दिपेन कार्कीले बताए।
390
Shares

प्रतिक्रिया