भदौ २४ गते (मंगलबार) जेन-जी आन्दोलनको क्रममा भएको आगजनीबाट ध्वस्त बनेको हेटौंडास्थित भाटभटेनी सुपरमार्केटको सरसफाइमा कर्मचारीहरू जुटेका छन्।
आन्दोलनका क्रममा उग्र बनेका जेन-जी समूहले लुटपाट गरी आगजनी गर्दा ध्वस्त भएको भाटभटेनीको सरसफाइमा कर्मचारीहरू जुटेका हुन्।
आगजनीबाट सिंगो भवन नै खरानी बनेको छ। आफूहरूलाई काम र रोजगारी प्रदान गर्ने संस्थालाई पुनः उकास्नका लागि कर्मचारीहरू सरसफाइमा जुटेका हुन्।
सुपरमार्केटमा भएको आगजनीबाट भएको क्षतिको मूल्यांकनको कार्य अझै जारी रहेको बताइएको छ। भाटभटेनीले आफ्नो २० औं शाखाको रुपमा २०७८ मंसिरमा हेटौंडामा सेवा शुभारम्भ गरेको थियो।
साढे १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यो शाखा आगजनीका कारण पूर्णरुपमा क्षति भएको छ। भाटभटेनीको यस शाखाले मकवानपुरका १ सय ५९ जनालाई रोजगारी प्रदान गरिरहेको थियो।















Shares

प्रतिक्रिया