नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक, कृषिमा आधारित उद्योगलगायतका क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई आग्रह गरेका छन्।
कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग भेट गरेका उनले कतारका लगानीकर्तासँग यस्तो आग्रह गरेको बताएका हुन् ।
अध्यक्ष खालिफासँग नेपाल–कतार संंयुक्त व्यापार परिषदलाई थप प्रभावकारी बनाउने र आगामी बैठक काठमाडौंमा आयोजना गर्ने सहमति समेत भएको उनको भनाइ छ।
साथै उनले महासंघको डिजिटल रुपान्तरण कार्यक्रममा कतार चेम्बरसँग सहकार्य गर्ने प्रस्ताव राखेका थिए। यसअन्तर्गत एआई, ब्लकचेन र डिजिटल प्लेटफर्मजस्ता प्रविधिमा ज्ञान आदानप्रदान हुने बताइएको छ।
कतार चेम्बरका अध्यक्ष थानीले जेबीसी संयन्त्रलाई अझ प्रभावकारी बनाउने र आर्थिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको ढकालले बताएका छन्।
‘मैले कतार चेम्बर र व्यवसायिक समुदायलाई काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेँ, जहाँ विशेष कतार केन्द्रित लगानी सत्र हुनेछ’, उनले भने, ‘नेपाल–कतार सहकार्यले व्यापार, लगानी र नवप्रवर्तनमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास लिएको छु।’
Shares

प्रतिक्रिया