लाजिम्पाटस्थित आयरिश पबले शनिबार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै रवीन्द्र ढाँटलाई सम्मान गरेको छ।
भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको हो।
कार्यक्रमको सुरुवात ढाँटसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो, जसमा विशेष आमन्त्रित तथा उनका समर्थक सहभागी भएका थिए। त्यसपछि सर्वसाधारणलाई खुला गरी राष्ट्रिय गौरव बनेका ढाँटको जितको खुसी सामूहिक रूपमा मनाइएको थियो।
खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ। यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिवद्धता प्रस्ट पारेको पब वस्थापनले जनाएको छ।

कोष संकलनमा योगदान पुर्याउने संस्थाहरूमा जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हे्ली, होलिडे इन एक्सप्रेस, रब, एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट, गिफ्ट हाउस प्रमुख छन्।
त्यसैगरी कार्यक्रमलाई चाटाइम, डाबर रियल फ्रुट पावर, जुजु वेयर्स र एक्स्ट्रीम इनर्जी ड्रिङ्क ले प्रायोजन गरेका थिए।
“रविन्द्र धन्तले नेपाललाई विश्वको एमएमए नक्शामा राखेका छन्। आफ्नै खेलाडीलाई सम्मान गर्न र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो। यस कार्यक्रममा समन्वय पुर्याइदिनुभएकोमा एमएमए र कोच दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं,” आयरिश पबका प्रबन्ध साझेदार राईश भट्टले बताए।

लाजिम्पाटमा रहेको आयरिश पबमा स्वादिष्ट खानेकुरा, पेयपदार्थ र मनोरञ्जनको विशेष माहोल पाइन्छ।
Shares

प्रतिक्रिया