कारोबार


साढे ५४ अर्बको आईपीओ निष्काशनका लागि ७६ कम्पनीले मागे स्वीकृति

साढे ५४ अर्बको आईपीओ निष्काशनका लागि ७६ कम्पनीले मागे स्वीकृति

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १७:२६, काठमाडौँ

७६ कम्पनीले साढे ५४ अर्ब रुपैयाँबराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेका छन्।  

एक विकास बैंक, चार होटल तथा पर्यटन, ३७ जलविद्युत्, ४ लगानी, १७ उत्पादन तथा प्रशोधन, ३ माइक्रो इन्स्योरेन्स र १० अन्य समूहका कम्पनीले ५४ अर्ब ६७ करोड ६४ लाख ४२ हजार ६ सय ६१ रुपैयाँबराबरको ३७ करोड ९७ लाख ५२ हजार ८ सय ८३ कित्ता आईपीओ निष्काशन गर्नलागेका हुन्। 

बोर्डका अनुसार उक्त आईपीओ पाइपलाइनमा रहेका छन्। 

यसअनुसार वाणिज्य बैंक समूहबाट कुनै पनि आईपीओ पाइपलाइनमा छैन भने विकास बैंक समूहबाट सालपा विकास बैंक लिमिटेडले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरिरहेको छ। कम्पनीले गत वैशाख २३ मा बोर्डमा आवेदन दिएको थियो। बोर्डले असार ६ मा कम्पनीलाई प्रतिक्रिया दिएकोमा कम्पनीले असार २९ मा त्यसको जवाफ पठाइसकेको बोर्डले जनाएको छ। 

यसैगरी फाइनान्स समूहबाट पनि कुनै पनि आईपीओ पाइपलाइनमा छैन। 

होटल तथा पर्यटबाट भने चारवटा कम्पनीको आईपीओ पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। यसअनुसार होटल फरेस्ट इनको ४० करोडबराबरको ४० लाख कित्ता, अकामा होटलको साढे २२ करोडको २२ लाख ५० हजार कित्ता, वर्णवास म्युजियम होटलको ३९ करोड ६० लाखबराबरको ३९ लाख ६० हजार कित्ता र माउन्टेन ग्लोरी लिमिटेडको ४० करोडबराबरको ४० लाख कित्ता आईपीओ पाइपलाइनमा रहेको छ। यो समूहको कुल १ अर्ब ४२ करोड १० लाख रुपैयाँबराबरको १ करोड ४२ लाख १० हजार कित्ता आईपीओ स्वीकृतिको पर्खाइमा देखिएको हो। 

यसबाहेक जलविद्यतु समूहबाट ३७ वटा कम्पनीले आईपीओ स्वीकृति पर्खिरहेका छन्। बोर्डकाअनुसार यी कम्पनीको १८ अर्ब २६ करोड १ लाख ४० हजार २ सय ३६ रुपैयाँबराबरको १७ करोड ८५ लाख २८ हजार ७ सय ५४ कित्ता आईपीओ रहेका छन्। आईपीओ जारी गर्न खोज्नेमा भुजुङ हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोलालगायत छन्। यी कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ। 

त्यसपछि लगानी समूहबाट ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५ सय रुपैयाँबराबरको १ करोड ८६ लाख ५० हजार ३ सय ७५ कित्ता आईपीओ पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिंग्स र शिवशंकर हाइड्रो इन्भेस्टमेन्टले उक्त परिमाणको आईपीओ निष्काशन गर्न खोजेका छन्। 

जीवन बीमा समूहको कुनै पनि आईपीओ पाइपलाइनमा नरहँदा उत्पादन र प्रशोधन समूहका १७ कम्पनीको आईपीओ देखिएको छ। यसअनुसार यी कम्पनीले २७ अर्ब ५६ करोड ८१ लाख ७१ हजार ५ सय २५ रुपैयाँबराबरको १३ करोड २२ लाख २४ हजार ८ सय २० कित्ता आईपीओ जारी गर्न खोजेका छन्। यीमध्ये केहीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न चाहेको देखिएको छ। 

त्यसैगरी माइक्रोफाइनान्सतर्फ कुनै पनि आईपीओ नहुँदा माइक्रो इन्स्योरेन्स समूहमा तीन कम्पनीले आईपीओ ल्याउन चाहेका छन्। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सको ६७ करोड ५० लाख रुपैयाँबराबरको ५७ लाख ५० हजार कित्ता पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। 

यता निर्जीवन समूहबाट भने पाइपलाइनमा आईपीओ नरहेको बोर्डले उल्लेख गरेको छ। अन्य समूहका १० कम्पनीले पनि आईपीओ स्वीकृतिका लागि कुरिरहेको देखिएको छ। 

बोर्डका अनुसार डिश मिडिया नेटवर्क, आईएमई लिमिटेड, हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स हस्पिटल), नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिसेज, छायादेवी कम्प्लेक्स, बिजनेस इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज, मेडिकेयर अस्पताल, जीआई सोलार र सोलार फार्म लिमिटेडको आईपीओ पाइपलाइनमा रहेको छ। यी १० कम्पनीले ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४ सय रुपैयाँबराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता आईपीओ ल्याउनलागेका हुन्। 

कुनको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad