वैदेशिक रोजगारीका लागि क्रोएशिया पठाइदिने भन्दै १३ लाख ५० हजार रुपैयाँ पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका–४ घर भइ हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय धन बहादुर राई रहेका छन्।
राईले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएशिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
पीडितले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
बूढानीलकण्ठ नगरपालिका–८ बाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
150
Shares

प्रतिक्रिया