कारोबार


विदेशी मुद्रा सञ्चिति २६ खर्ब बढी पुग्यो, १५ महिनालाई वस्तु तथा सेवा आयात धान्ने क्षमता

विदेशी मुद्रा सञ्चिति २६ खर्ब बढी पुग्यो, १५ महिनालाई वस्तु तथा सेवा आयात धान्ने क्षमता

नेपालखबर
भदौ ८, २०८२ आइतबार १५:१२, काठमाडौँ

नेपालको वैदेशिक सञ्चिति ३१.२ प्रतिशतले बढेको छ। 

योसँगै नेपालले १५ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ। 

आव २०८१/८२ को असार मसान्तसम्मको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो।

अघिल्लो आवमा २० खर्ब ४१ अर्ब रहेको वैदेशिक सञ्चिति बढेर २६ अर्बमा पुग्दा वस्तु तथा सेवा आयात धान्ने क्षमता पनि बढेर १५ महिना बढी पुगेको हो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ। 

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ।

२०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत छ।

उक्त सञ्चितिले आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको
वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः
४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन्।

२०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad