कारोबार


विदेशमा नेपालको सम्पत्ति २९ खर्ब बढी, ऋण कति?

विदेशमा नेपालको सम्पत्ति २९ खर्ब बढी, ऋण कति?

नेपालखबर
भदौ ८, २०८२ आइतबार १५:१६, काठमाडौँ

विदेशमा नेपालको सम्पत्ति २९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको वित्तीय विवरणमा वैदेशिक सम्पत्ति २९ खर्ब २० अर्ब ६९ करोड रुपैयाँ पुगेको हो।

सम्पत्ति २९ खर्बमाथि पुग्दा दायित्व भने २१ खर्ब छ। असार मसान्तसम्म २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ  दायित्व रहेको हो। 

फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति (नेट इन्भेष्टमेन्ट पोजिसन) ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा छ।

२०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३ खर्ब ५ अर्ब ८४ करोडले बचतमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad