कारोबार


सुजुकीको विरासत फर्काउने मार्ग प्रदर्शक इ-भिटरा (भिडिओ/तस्बिर)


सरोज नेपाल
भदौ ८ , काठमाडौँ

नेपालमा विद्युतीय सवारीको बाढी आउनुअघि प्यासेन्जर सेग्मेन्टमा मारुती सुजुकी बजार लिडर रहने गर्थ्यो। हाल नेपालमा आइस (इन्टरनल कम्बस्चन इन्जिन)भन्दा पनि ईभी चढ्ने उपभोक्ता बढ्दो क्रममा छ। यस्तोमा गत वर्ष हरेक १० मध्ये ७ गाडी ईभी बिक्री हुने गरेको छ। 

उपभोक्ता ईभीमा सिफ्ट हुँदा सुजुकीको प्रभुत्व कम हुँदै गयो। जापानी कम्पनी सुजुकी नेपाली उपभोक्ताको चाहना अनुरुपअघि बढ्न सकेन। त्यसको स्थानमा उत्तर छिमेकी चीनका ईभीले लिए। 

अब सुजुकीको ईभी पनि नेपाली बजारमा आउने चरणमा छ। यसको संकेतका रुपमा हाल जारी नाडा अटो शोमा सुजुकी चारपांग्रेको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले इ-भिटरा प्रदर्शनमा राखेको छ। इ–भिटरा सुजुकीको पहिलो पूर्ण विद्युतीय कार हो।

आकर्षक र बोल्ड लुकमा उपलब्ध इ-भिटारा अवलोकनकर्ताको ध्यान खिच्न सफल ब्रान्डमध्ये एक हो। उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।

इ-भिटरा आधिकारिक रुपमा सार्वजनिक भइसकेको छैन। यसले गर्दा कम्पनीले नेपालमा बुकिङ खुलाएको छैन। सम्भवत भारतमा सार्वजनिक गर्ने योजना छ। त्यसपछि नेपालमा पनि इ-भिटराको बुकिङ खुल्ला हुनेछ। अक्टोबरदेखि नेपाली उपयोक्तालाई डेलिभरी दिने कम्पनीको योजना छ।

सुजुकीको नयाँ ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। ४९ किलोवाट आवरले ४०० किलोमिटर रेन्ज र ६१ किलोवाट आवर क्षमताको ५०० भन्दा बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। दुवै भेरियन्टले १८९ एनएम टर्क प्रदान गर्छन्। 

१८५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ईभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६४० एमएम छ।

भदौ ८, २०८२ आइतबार १३:३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad