कारोबार


विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १८:३०, काठमाडौँ

विश्‍वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ।

यसअन्तर्गत #लाइफटाइमएक्सपिरियन्सेस नामक विशेष अभियान सुरु गरिएको छ। यसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ।

समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रवर्द्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताए।

उनले भने, “यो केवल एउटा सम्झौतामात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो । टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्‍याउने अवसर पाएका छौं । यो अभियानले नेपाललाई विश्‍वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ।”

मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउने उल्लेख गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले महत्वपूर्ण समझदारी भएको उल्लेख गरे। 

उनले भने, “नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्‍याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ। यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ।”

सीईओ जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्‍याउनेछ। उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत प्रचारप्रसार गर्ने सीईओ जोशीले बताए।

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत नेपालका कथाहरु सुनाउने विषयमा कार्यशाला गर्नेछ। जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad