कारोबार


लक्ष्मी सनराइज डिबेन्चर निष्काशन हुँदै

लक्ष्मी सनराइज डिबेन्चर निष्काशन हुँदै

नेपालखबर
साउन २९, २०८२ बिहिबार १६:५८, काठमाडौँ

माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सन्राइज बैंक लिमिटेडबीच ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि सम्झौता भएको छ। 

निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रस्टी सेवा प्रदान गर्ने सम्झौता भएको हो। 

लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रतिडिबेञ्चर अंकित मूल्य १ हजार रुपैयाँका दरले हुन आउने रकम ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ।

सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

माछापुच्छ«े क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad