नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी चयन भएका छन्।
आज भएको साधारण सभाबाट संघको नयाँ कार्यकालका लागि अधिकारी सर्वसम्मतले चयन भएका हुन्।
अध्यक्ष पदका लागि प्रतिष्पर्धामा रहेका संघका पूर्वअध्यक्ष समेत रहेका दीपक दाहालले उम्मेवारी फिर्ता लिएपछि अधिकारी अध्यक्षमा चयन भएका हुन्।
एपोनको नयाँ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी, महासचिवमा सन्तोष बराल चयन भएका छन्।
सचिवमा गिरिजा पाठक, कोषध्यक्षमा सुमित चन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् भने सदस्यमा शैलेश वैद्य, पंकज कुमार तिवारी, ईश्वर कुमार भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवल दाहाल चयन भएका संघले जनाएको छ।
संघको निवर्तमान अध्यक्ष महेश प्रसाद प्रधान रहेका छन्।
69
Shares

प्रतिक्रिया