कारोबार


८.६३ अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार

८.६३ अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार

नेपालखबर
साउन १९, २०८२ सोमबार १५:३८, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से आज ८.६३ अंकले बढेर २८६७.५३ विन्दुमा बन्द भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १० अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको हो। 

दोस्रो कारोबार दिन १६२ वटा सेयरको मूल्य बढ्दा १६१ वटाको घटेको छ। दुईवटाको भने अघिल्लो मूल्यमै कारोबार भएको छ।

यस दिन सबैभन्दा बढी मुक्तिनाथ विकास बैंक, सगरमाथा जलविद्युत्, मौलुङ हाइड्रो, लिबर्टी इनर्जी, कालिका पावरको सेयर मूल्य बढेको छ। 

तर ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड, नेपाल फाइनान्स, सिभिल बैंकको डिबेन्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी इक्विटी फन्डको सेयर मूल्य भने घटेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad