कोशी


डौँठे खोलामा जीप दुर्घटना: एकको मृत्यु, १० जनालाई काठमाडौँ पठाइयो, तीन गम्भीर घाइते

डौँठे खोलामा जीप दुर्घटना: एकको मृत्यु, १० जनालाई काठमाडौँ पठाइयो, तीन गम्भीर घाइते

नेपालखबर
साउन १९, २०८२ सोमबार १५:४२, विराटनगर

खोटाङमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठे खोलामा बिहान विङ्गर गाडी दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेकोमा कटारीतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएर थप उपचारकोलागि  प्रादेशिक अस्पताल कटारी तर्फ पटाइएकोमा बाटोमा नै मृत्यु भएको भए पनि अस्पताल पुगेपछि पुष्टि हुने प्रहरीको दाबी छ।

मृत्यु हुनेमा सिरहा घर भएकी ममतादेवी यादव रहेको भन्ने खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतीक विष्टले जानकारी दिए। कटारी अस्पतालसम्म नपुगेको कारणले डिक्लीयर हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका १७ जना मध्ये मृत्यु भएको भनिएकी ममतादेवीलाई कटारी पठाइएको, १० जनालाई काठमाडौँ पठाएको र ६ जनाको उपचार पछि डिस्चार्ज भएको डिएसपी विष्टले बताए। 

प्रहरीका अनुसार प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी बिहान दुर्घटना भएको हो। हलेसी दर्जन गरेर फर्किने क्रममा सिरहा जिल्लाको नराहा नगरपालिका वडा नं ५ फर्किँदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।  

तीनजना घाइतेलाई नगरपालिकाको एम्बुलेन्समार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएकोमा अवस्था गम्भीर पाइएपछि काठमाडौँ पठाइएको सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad