नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राविधिक कारण भन्दै दिनभरको तथ्यांक सच्याएको छ। आज दिउँसो ३ बजे बजार बन्द हुँदा परिसूचक दुई अंकले घटेको थियो।
तर तीन घण्टापछि सच्याइएको परिसूचकमा भने ७.१० अंकले बढेको छ। आज परिसूचक परिसूचक २९७१.३१ विन्दुमा बन्द भएको।
'नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसूचकको भारित औसत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौँ। यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ,' एक सूचना जारी गर्दै नेप्सेले भनेको छ।
240
Shares

प्रतिक्रिया