कारोबार


‘श्रम संसार नागरिक एप’ सार्वजनिक

‘श्रम संसार नागरिक एप’ सार्वजनिक

नेपालखबर
साउन १२, २०८२ सोमबार १७:२३, काठमाडौँ

रोजगारी खोज्ने र दिने दुवै पक्षलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले ‘श्रम संसार नागरिक एप’ सार्वजनिक गरिएको छ।

नागरिक एपमार्फत नै रोजगारीका अवसर हेर्न, योग्यता अनुसार खोज्न र आवश्यक कागजातसहित सोही एपबाट आवेदन दिन सकिनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको यस पोर्टलको नागरिक एपसँग एकीकरण भएसँगै रोजगारीसँग सम्बन्धित सेवा प्रवाहलाई अझ सहज, पारदर्शी र झन्झटरहित बनाउने विश्वास गरिएको छ।

सिंहदरबारमा आयोजत कार्यक्रममा एप सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताए।

उनले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र बाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताए। उनले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी सरकार अघि बढेको पनि उल्लेख गरे। 

सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको पनि बताए। उनले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताए।

मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad