समाज


फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाखभन्दा बढी रकम असुली

फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाखभन्दा बढी रकम असुली

फाइल फोटो


नेपालखबर
साउन १२, २०८२ सोमबार १७:४४, काठमाडौँ

आफूलाई काठमाडौं महानगरपालिकाको ‘फोहर मैलाको कर्मचारी हुँ’ भनि घरहरूबाट रकम उठाउएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले दोलखाको सैलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने वर्ष २८ को राजु लामालाई नियन्त्रणमा लिएको हो।

लामाले ‘फोहोर मैलाको कर्मचारी हुँ’ भन्दै रू. १३ लाख २५ हजार रकम असुली गरेको प्रहरीको आोप छ।

उनले आफूलाई ‘काठमाडौं महानगरपालिकाको कर्मचारी हुँ’ भनि घरहरूबाट रकम उठाउने गरेकोले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनी महानगरपालिकाको कर्मचारी नभएको तथ्य खुलेको थियो। 

उनीबाट रसिद, बिल बीजक समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लामाको साथबाट नगद रु.६ हजार पाँच सय, कोटेश्वर बेष्ट कन्सर्नको फोहर मैला उठाउने महसुल कार्ड थान- ९, कर बीजक थान- ५, काटिएको रसिद अर्ध कट्टी थान-८, नेपाल फूलबारी सेवा प्रा. लीको सरसराई शुल्क कार्ड थान-२, विभिन्न व्यक्तिका नम्बर तथा रकम उल्लेख गरेको कपीसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपील राज बोहराले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad